| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
बंशजकाे अाधारमा नेपालकाे नागिरकता प्रमाणपत्र |
|||||||||
|
क. साधरण अबस्थामा (सबैलाइ) १. ताेकीएकाे ढाँचामा अनुसुची १ भरी स्थानीय तहबाट फाेटाे सहित प्रमाणीत भै अाएकाे सिफारिस सहितकाे नागरिकता पाउँ भन्ने अाबेदन,(रू.१० काे टीकट टाँस गरी) २. बाबु, अामाकाे नागरिकता र साेकाे प्रतिलिपी वा अाफनाे बंशज तिरकाे तीन पुस्ता नाता भित्रकाे ब्याक्ति र निजसँगकाे नाता प्रमाणीत र नागरिकता, ३. जन्म दर्ता, शैक्षिक याेग्यताकाे प्रमाणपत्र (न्युनतम ८, १० कक्षाकाे) तथा साे काे प्रतिलिपी, ४. माथि उल्लेखित प्रमाण पेश हुन नसकेमा बशंज खुल्ने अन्य प्रमाणहरू पेश गर्नुपर्ने, ५.स्पस्ट मुखाकृती (दुबै कान) देखिने हाल सालै खिचेकाे पासपाेर्ट साइजकाे फाेटाे दुइ प्रति । ख. नागरिकता पमाणपत्र नलिदै बिबाह भएकी महिलाकाे हकमा ( थप कागजात) १. बिबाह दर्ता प्रमाणपत्र, २. पतिकाे नागरिकता प्रमाणपत्र, ३. माइती तर्फकाे बाबु,अामा, दाजु, भाइकाे नागरिकताकाे प्रमाणपत्र, ४. पति, ससुरा, सासु, देवर, जेठाजु मध्ये कसैकाे सनाखत । ग. बसाइसराइ गरी अाएकाकाे हकमा (थप कागजात) १. बसाइसराइ दर्ताकाे प्रमाणपत्र, २. घरजग्गाकाे प्रमाणपत्र, ३. पानी, बिजुली, टेलिफाेन अादिकाे ग्राहक कार्ड, घरधुरी कर भुक्तानीकाे रसिद। घ. नागरिकताको प्रतिलिपी लिनुपरेमा १. सम्वन्धित स्थानीय तहबाट फाेटाे समेत प्रमाणीत गरी निर्धारित ढाँचामा गरेकाे सिफारिस सहितकाे निबेदन, (रू.१३ काे टीकट टाँस गरी) २. पुरानाे नागरिकता प्रमाणपत्रकाे सक्कल वा उपलब्ध नभएमा नक्कल प्रति, ३.स्पस्ट मुखाकृित (दुबै कान) देखिने हालसालै खिचिएकाे २ प्रति फाेटाे । ङ. पतिको नामथर समाबेश गर्नुपरेमा १. सक्कल नागरिकताकाे प्रमाणपत्र, २. बिबाह दर्ता प्रमाणपत्र, ३. पतिकाे नागरिकता प्रमाणपत्र, ४. स्थानीय तहबाट फाेटाे समेत प्रमाणीत गरीएकाे निर्धारित ढाँचाकाे अाबेदन फाराम (रू.१३ को टीकट टाँस गरी) ५. सनाखतकाे लागि पति वा निजकाे एकाघरका नातेदार ६. हालसालै खिचिएकाे स्पस्ट मुखाकृती (दुबै कान) देखिने पासपाेर्ट साइजकाे २ प्रति फाेटाे। |
अावश्यक सबै कागजात लिइ निबेदक तथा ताेकीएकाे सनाखत गर्ने व्याक्ति कायार्लय खुल्ने दिन र कार्यालय खुल्ने समयमा उपस्थित भै नागरिकता शाखामा पेश गर्ने। |
||||||||
| 2 |
अादिबासी जनजाती, मधेशी, दलित प्रमाणीत |
|||||||||
|
१. सम्बन्धित स्थानीय तहबाट व्याक्ति(निबेदक)काे जात वा समुदाय खुलाइ पठाइएको सिफारिस पत्र, २. जात वा समुदाय प्रमाणीत गरी पाउँ भनी निबेदन(रू.१० काे टीकट टाँस गरी), ३. नागरिकता प्रमाण पत्रकाे प्रतिलिपी, ४. सम्बन्धित भन्दा अन्य व्याक्ति(एकाघरको)ले निबेदन दिएमा निजकाे नागरिकताकाे प्रतिलिपी। |
प्रसासन शाखामा पेश गर्ने। |
||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, सुपौली, पर्सा .